बागलुङ । बागलुङ नगरपालिकाकाले सबै विद्यालय बन्द माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।
कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् ।
पोखरेलले पूर्वनिर्धारित परीक्षा भने पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया