१२ माघ २०७८, बुधबार

शेरबहादुरलाई असफल बनाउने रणनीतिमा को–को ?

२०७५,जेष्ठ,३०,बुधबार ००:५२

0
Shares

हेटौंडा– असार ५ देखि तीन दिन हेटौंडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् । उनीहरुले यस विषयमा आन्तरिक लविङ नै सुरु गरेका हुन् ।

पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउने नेताहरुको आन्तरिक योजना रहेको बुझिएको छ । वैशाख १६ गते भएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला हेटौंडामा गर्ने निर्णय गरेको थियो ।

त्यसपछि पार्टी नेतृत्व गरिरहेका देउवाको समूह, पार्टी नेतृत्वप्रति असन्तुष्ट रामचन्द्र पौडेलको समूह र पार्टीमा युवा नेतृत्व हुनुपर्ने आवाज उठाउने गगन थापाको समूह सक्रिय छन् । ती समूहहरुबीच आन्तरिक रणनीति बुनिएको नेताहरुको भनाइ छ । लामो समयदेखि जिल्ला सभापति तथा महासमिति बैठक हुन नसकेको भन्दै पार्टी सभापति देउवालाई पौडेल र थापा समूहले आलोचना गरेपछि भेला हुने भएको छ ।
आजको नेपाल समाचारपत्र अगाडि लेख्छ–जिल्ला सभापति भेलाको समय तोकिएपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट समूहहरुको सक्रियता बढेको पाइएको छ । निर्वाचनमा बेहोरिएको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप घेराबन्दीमा पार्ने रणनीतिमा पौडेल पक्ष जुटेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,३०,बुधबार ००:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४