भिरबाट लडेर ५५ वर्षीय लिम्बूको मृत्यु

लोकपथ
65
Shares

तेह्रथुम । फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार ज्यान गएको हो ।

डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?