सडक नियम पालना नगर्नु दुर्घटनाका कारण

 दाङ– कानून कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेकाले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने आज यहाँ आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरूले विचार व्यक्त गरेका छन् ।

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा गरिएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता र बढ्दो सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् । उनीहरुले सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सडकको अवस्था बारेमा अनभिज्ञ हुने र तीव्र गतिमा गाडी चलाउने लगायतका कारणले गर्दा दुर्घटना दिन प्रतिदिन बढी रहेको भन्दै चिन्तासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?