पचास हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदीविरुद्ध रु पचास हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार प्रमुख सुवेदीले श्री आधारभूत विद्यालय भन्टाबारीको विद्यालयको भौतिक सुधार कार्यक्रमअन्तर्गत बजेट पारिदिने भन्दै घुस मागेको अभियोग लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?