एमाले जिल्ला अधिवेशन : दैलेखमा खसेकोभन्दा ३१ मत बढी भेटियो, मतगणना स्थगित

लोकपथ
325
Shares

दैलेख । नेकपा एमाले सातौं जिल्ला अधिवेशनअन्तर्गत दैलेखको मतगणना स्थगित भएको छ । मतदानमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो।

दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेको छ । जसमध्ये ७१७ मत खसेको थियो । तर मत पेटिका खोलेर मतगणना गर्दा ७४८ मत भेटिएको हो ।

अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ । एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका दुई उम्मेदवारमध्ये कुन पक्षबाट यो सबै खाले रणनीति भएकाले आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने एक पक्षले बताइरहेको छ भने अर्को पक्ष मौन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?