मिलमा सल बेरिएर महिलाको मृत्यु

लोकपथ
1.8k
Shares

अछाम । अछामको चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?