एकै बेतमा गाईको तीनवटा बाच्छी

जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ ।

गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताउनु भयो ।

उहाँका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लिटर  दूध दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?