२७ श्रावण २०७९, शुक्रवार

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

२०७८,पुष,२८,बुधबार १२:१६

981
Shares

काठमाडौं । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् ।

सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

प्रकाशित मिति: २०७८,पुष,२८,बुधबार १२:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लिका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत

काठमाडौं । कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका, वडा नम्बर ३, सल्यानस्थित होटेल शिरीषबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल शिरीषबाट

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ

ताजा समाचार

मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८