प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिश

संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिश पनि छिट्टै गरिने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र कानूनमन्त्री शेरबहादुर तामाङ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?