यस्तो छ विश्वकप फुटबलको खेलतालिका (नेपाली समयमा)

काठमाडौं । फुटवलको महाकुम्भ फिफा विश्वकपको २१ औ संस्करण रसियामा यहि बिहीबारदेखि सुरु हुदैछ । 

विश्व नै फुटबलमय बनेको बेला अहिले सारा आम मानिसको ध्यान विश्वकप प्रति केन्द्रित भएको छ । रसियामा विश्वकपको खेल दिउँसो हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ । फिफा विश्वकप फुटबल नेपाली मितिमा भने यहि जेष्ठ ३१ बाट सुरु भएर अषाढ ३१ मा समापन हुनेछ । ३२ राष्ट्रले भाग लिने यो प्रतियोगिताको रौनक भने विश्वभरनै फैलिसकेको छ । आठ समूह रहेको प्रतियोगिताको प्रत्येक समूहमा ४ देशले सहभागिता जनाउने छन् ।

विश्वकप खेलमा सहभागिता जनाएका एक देशले आफ्नो समूह चरणमा तिन खेल खेल्नेछन् भने समूह विजेता र उपविजेता अन्तिम १६ को नक आउट चरणमा प्रतिस्पर्धा गर्नेछन् । नकआउट चरणको खेल भने आसार १६ गते देखि १९ गतेसम्म हुनेछ । यि १६ राष्ट्रहरु मध्ये ८ देश क्वार्टरफाइनलमा जानेछन् । आसार २२ र २३ गते भने त्यसबाट छानिएका ४ देश सेमिफाइनलमा भिड्नेछन्। आसार २६ र २७ गते भने क्वाटरफाइनल विजेताको प्रतिस्पर्धा हुनेछ । 

तेस्रो स्थानको लागि भने असार ३० सेमिफाईनलमा पराजित २ देशको टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको उपाधिका लागि आसार ३१ गते फाइनल खेलको प्रतिस्पर्धा हुनेछन् । प्राय विश्वकप २०१८ को खेलहरु नेपाली समयअनुसार राति हुने गर्दछ । नेपाली समय अनुसार २१ औँ संस्करणको फिफा विश्वकपको खेल तालिका यस्तो छ ।

नेपाली समय अनुसार यस्तो छ खेल तालिका

सेमिफाइनल खेलहरु
पहिलो सेमिफाइनल खेल (असार २६, ११ः४५ बजे)
दोस्रो सेमिफाइनल खेल (असार २७, ११ः४५ बजे)

तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली (असार ३०, ७ः४५ बजे)

फाइनल
सेमिफाइनलमा विजेता दुई टोली (असार ३१, ८ः४५ बजे)
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?