३३ किलो सुन तस्करी प्रकरणका गोरेसहित ३ जनामाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान शुरु

काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३३ किलो सुन प्रकरणमा संग्लग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाको सम्पत्ति विवरण छानबिन शुरु गरेको छ ।

अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संग्लग्न भनिएका अभियुक्त गोरे, छिरिङ वाङदेल र भुजुङ गुरुङलाई सोमबार काठमाडौं झिकाएको सम्पत्ति छानबिन अनुसन्धान पक्रिया अगाडि बढाइएको बताए ।

साथै उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन गर्ने र सुन तस्करीमा संग्लग्न जो कोहीलाई पनि विभागमा झिकाएर अनुसन्धान लिन सक्ने बताए ।

विभागले गोरे, छिरिङ र भुजुङ तीनै जनालाई छानबिनका क्रममा सफाइ दिन सकिने बताएको छ ।

अनुसन्धान विभागले मोरङ कारगार र झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अन्य अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको हो ।

भुजुङ गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पनि हुन् भने उनका साला पर्ने छिरिङ वाङदेल पनि सुन तस्करीमा मुछिएका छन् । गोरे भनिने चुडामणि सनम शाक्य हत्याकाण्डका अभियुक्त समेत हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?