नेपालका यी ३ जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

लोकपथ
469
Shares

काठमाडौं । नेपालमा आज (मंगलबार) २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालका ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं ललितपुर र भक्तपुरमा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । सरकारले यी ३ जिल्लालाई रेड जोनको घोषणा गरेको छ ।

 

सो अवधिमा १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८३६ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौमा ९८० जना, ललितपुरमा २२१ जना र भक्तपुर ८५ जना रहेका छन् ।

सो अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा १ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?