उफ् ! गर्मी । पानी कत्तिको पिउनुहुन्छ ? निम्तन सक्छ, यस्ता समस्या

पानी शरिरलाई अत्यावश्यक पर्ने पेयपदार्थ हो । विज्ञहरु भन्छन्, शरिरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । त्यसो त सबै व्यक्तिको शरीरको आवश्यकता एकै किसिमको हुँदैन ।  त्यसैले शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्ने विज्ञले सुझाव दिएका छन् । शरिरले सन्तुलित ढंगले काम गर्नको लागि पर्याप्त पानी पिउनु पर्छ । पानीको मात्रा कमी हुँदा विभिन्न खाले समस्याहरु देखिन्छन् । 

शरिरमा पानीको अभाव भएको खण्डमा पेटको अल्सर हुन्छ । 

पर्याप्त पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।

शरिरमा प्रर्याप्त पानी नभएमा कब्जियतको समस्या हुन्छ ।

शरिरमा पानीको मात्र कम हुँदा शरिरको तापक्रम बढ्छ । 

पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ ।

शरिरमा पानीको अभाव हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।

हाम्रो शरिरको जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।

शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।कहिलेकाँहि हार्ट अट्याकको समस्या पनि निम्तन सक्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?