काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ (सूचनासहित)

लोकपथ
9k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनु हुने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनमा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी कार्यविधिअनुसार आदेश जारी गरिएको छ ।

मास्कको प्रयोग अनिवार्य गर्ने, साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।

ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि यही सूचना लागू गर्नेभएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?