पछिल्लो २४ घण्टामा थपिएका २४४४ संक्रमितमध्ये कुन उमेरसमूहका कति ?

लोकपथ
3.5k
Shares

काठमाडाैं । पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेरसमूहका मानिसहरुमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ । यो उमेरसमूहको मात्र आज ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी दोस्रो स्थानमा ३१ देखि ४० वर्ष उमेरसमूहका ४९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ४१ देखि ५०, ५१ देखि ६० र ११ देखि २० वर्ष उमेरसमूहका व्यक्तिलाई बढी मात्रामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १५ हजार ३३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

No description available.

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८३६ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौमा ९८० जना, ललितपुरमा २२१ जना र   भक्तपुर ८५ जना रहेका छन् ।

सो अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा १ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?