ललितपुरमा २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
42
Shares

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै उकालो लागेको छ । ललितपुरमा मात्रै पछिल्लो २४ घण्टामा २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २ घण्टामा देशभर झन्डै २५ सय संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सो अवधिमा देशभर २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय ८३६ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौमा ९८० जना, ललितपुरमा २२१ जना र भक्तपुर ८५ जना रहेका छन् ।

सो अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा १ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?