नेकपा एमाले दोलखा अध्यक्षमा नरबहादुर श्रेष्ठ

लोकपथ
117
Shares

दोलखा । नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गरेका थिए। उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित भएका छन् ।

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्राप्त गरेका थियो भने दुललाले २८४ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिदै अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?