बिरालोले गर्दै विश्वकप विजेताको भविष्यवाणी

काठमाडौं । यहि बिहीबारदेखि रसियामा सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को बन्ला विश्वविजेता भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन् ।

३२ राष्ट्रले भाग लिने यो प्रतियोगिताको रौनक भने विश्वरभरनै फैलिसकेको छ । समूह चरणमा ४८ खेलहरु हुनेछन् । दोस्रो चरणका लागी छनोट  भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनलमा प्रवेश पाउनेछन् ।

सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मिलेको थियो । उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो । त्यस्तै फाइनलमा उसले स्पेन च्याम्पियन बन्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो ।

रसिया विश्वकपमा भने जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ । अफिसियल रुपमा यस विश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ । एकिलिज नाम गरेको निलो आखाँ र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो ।

उक्त बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ । बिरालोलाई यसअघिबाट नै विशेष प्रशिक्षण दिन थालि सकिएको म्युजियमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?