के विश्वमा अब शान्ति छाउला ? ट्रम्प र किमबीच भयो यस्तो सहमति

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताए ।

त्यस्तै किमले पनि संयुक्त वक्तव्यलाई ‘ऐतिहासिक’ उल्लेख गरे । उनले सहमतिपत्रको महत्वबारेमा बोल्दै भने, “विश्वले एक महत्वपूर्ण परिवर्तन देख्नेछ” ।

पत्रकारहरुसँग बोल्ने क्रममा ट्रम्पले आफू र ट्रम्पबीच ‘एक अति विशेष खालको सम्बन्ध’ विकास भएको बताए ।

सहमतिमा हस्ताक्षर गरिसकेपछि रिपोर्टरहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले किमलाई ‘आफ्नो देशलाई माया गर्ने’ ‘एक प्रतिभावान व्यक्ति’ को रुपमा पाएको बताए । “अब हामी भविष्यमा धेरै पटक भेट्नेछौं ,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?