२०८२ साल भित्र बालश्रम निवारण गर्न गुरुयोजना बनाइने

काठमाडौं– बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । 
दिवसका अवसरमा काठमाडौंको बसन्तपुरमा मंगलबार विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा चेतनामूलक गिती नाटकहरु समेत प्रस्तुत गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भिर समिक्षा गर्ने गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण गुरुयोजना तय गर्न लागिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?