भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

चितवन- भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

बेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर १२ बण्डलमा जम्मा १९  किलो २०० ग्राम  गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ । गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?