फ्रेन्च फुटबलमा इतिहास रचिदिए

काठमाडौं । सन् १९९८ को विश्वकपको उपाधी फ्रान्सले जित्दै इतिहास रच्दा जिनेदिन जिदान नायक बनेका थिए । 

स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक जिदानले पहिलो पटक विश्वकपको उपाधी फ्रान्सलाई दिलाउन महत्वपूर्ण खेलाडीको भुमिका निर्वाह गरेका थिए । खेलाडी तथा प्रशिक्षक दुबैको भूमिकामा अब्बल देखिएका जिदानले युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई कीर्तिमानी १३ औं उपाधि जिताउन समेत सफल भए ।

 

मुख्य प्रशिक्षकका रुपमा दोस्रो च्याम्पियन्स लिग जितेका जिदानले सहायक प्रशिक्षक हुँदा एउटा उपाधी हात पारेका थिए । खेलाडी हुँदा एउटा च्याम्पियन्स लिगको उपाधी मात्र जितेका जिदानले १९९८ को विश्वकप फ्रान्सले जित्दा ब्राजिलविरुद्ध उत्कृष्ठ दुई गोल गरे । त्यतिबेला उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । यता सन् २००६ को विश्वकप जिदानकै अनुशासनहीन खेलका कारण फाइनलमा फ्रान्स इटालीसँग पराजित हुदै दोस्रो पटक उपाधी जित्नबाट बन्चित भएको थियो । इटालीका डिफेन्डर मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर (हेड—बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि ।

तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका जिदान रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । विश्वकपमा फ्रेन्च फुटबलको इतिहास परिवर्तन गर्न सफल भएको भन्दै जिदानले आफ्नो भुमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

साथै उनले सन् १९९८ विश्वकपको उपाधीसँगै आफ्नो खेल जिबनमा समेत परिवर्तन आएको बताए । सेमिफाइनलसम्म एक गोलपनि नगरेका जिदानले दबाब महसुस गरिरहेका थिए । फाइनल खेल्नुअघि विहान आफु विश्वकपको फाइनल खेल्दा निकै उत्साहित भएको प्रतिक्रिया दिए ।

जिदानले राष्ट्रिय टिमबाट १०८ म्याच खेल्दै ३१ गोल गरिसकेका छन् । ४५ वर्षिय जिदानले सन् १९९४ देखि राष्ट्रिय टिमबाट खेल खेलेका थिए तर २००६ पछि सन्यासको घोषणा गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?