कोरोनाको नयाँ भेरियन्टबाट जोगिने सरल उपायहरू

लोकपथ
2k
Shares

अहिले विश्वमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले संत्रास मच्चाइरहँदा नेपालमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको छ ।

तर पछिल्लो केही दिनमा नेपालमा भएको सङ्क्रमणलाई हेर्ने हो भने डेल्टा भेरियन्ट वा ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्दै गएको छ ।

छिमेकी राष्ट्र भारतमा ओमिक्रोनका सङ्क्रमितहरूको सङ्ख्यामा भइरहेको तीव्र वृद्धिले गर्दा नेपाल पनि कुनै पनि बेला यो सङ्क्रमण फैलने देखिन्छ ।

कोरोना भाइरस सङ्क्रमणको विगतलाई हेर्ने हो भने भारतमा सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएसँगै नेपालमा पनि त्यसका सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुने गरेको कारण यस पटक पनि यो घटना नदोहोरिएला भन्न सकिँदैन ।

कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण हुन नदिन भारतका आयुर्वेद अस्पताल र आयुर्वेद मन्त्रालयहरूले सुरक्षा र बच्ने उपायहरू बारे केही उपायहरू बताएका छन् । यो जानकारी कोरोनाको पछिल्लो भेरियन्टवाट बच्न सहयोग हुनेछ ।

कोभिड १९ को कुनै पनि सङ्क्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेकै आफ्नो पुराना किसिमको आनीबानीमा परिवर्तन गर्नु नै हो । जसमा मास्कको उचित प्रयोग गर्ने, हातको नियमित सफाइ, शारीरिक र सामाजिक दूरीलाई कायम राख्ने नै हो ।

योबाहेक पछिल्लो पटक आएको कोभिड–१९ विरुद्धको खोपको दुई डोज लगाउने, स्वास्थ्य र आहार विहार राम्ररी गर्ने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने किसिमका खानपिन गर्ने र स्वास्थ्यका विभिन्न मापदण्डहरूलाई राम्ररी पालना गर्नु नै यो रोग लाग्न नदिने र लागेमा बच्ने उपाय मानिएको छ ।

यीबाहेक अरू पनि केही उपायहरू रहेका छन् ।

कोभिड सङ्क्रमणबाट बच्ने सजिलो उपाय

– एक दिनमा पटक–पटक गरेर न्यूनतम २ लिटर तातोपानी पिउने ।
– दैनिक न्यूनतम ३० मिनेट योगासन, प्राणायाम र मेडिटेसन गर्ने ।
– मसलाको रूपमा प्रयोग गरिने बेसार, जिरा र धनियाँलाई अनिवार्य रूपमा आफूले गर्ने दैनिक खानपानमा समावेश गर्ने ।
– खानपिनमा लसुनलाई अनिवार्य समावेश गरेर खाने ।

इम्युनिटी बढाउने आयुर्वेदिक उपायहरू

– बिहान १० ग्राम च्यावनप्राशको सेवन गर्ने । मधुमेहको समस्या भएका व्यक्तिले सुगर फ्री च्यावनप्राश पनि खान सकिन्छ ।
– तुलसी, दालचिनीबाट बनेको हर्बल चिया वा काँढा दैनिक रूपमा पिउने गर्नुपर्छ ।
– दालचिनी, मरीच, सुकाएको अदुवाको धुलो, दाख (किसमिस)को दैनिक रूपमा १–२ पटक सेवन गर्ने ।
– सख्खर र कागतीको रस तताएर सेवन गर्ने ।

सरल आयुर्वेदिक तरिका

– तिल वा नरिवलको तेल वा शुद्ध गाईको घिउलाई हल्का मनतातो बनाएर बिहान र बेलुका नाकको प्वालमा हाल्ने ।
– एक चम्चा तिल वा नरिवलको तेललाई मुख भित्र हालेर केही बेर राख्ने र दुई–तीन मिनेट मुखभित्र हल्लाएर फ्याँक्ने । यसरी फ्याकेपछि मन तातो पानीले कुल्ला गर्ने । आयल पुलिङ थेरापी भनिने यो क्रिया दैनिक बिहान र बेलुका गर्नुपर्छ ।
– राति सुत्नुभन्दा अगाडि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?