क्याटरिङ व्यवसायीको महाधिवेशन भोलि

काठमाडौँ – नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशन ९दोस्रो साधरणसभा० भोलि जेठ ३० गते काठमाडौँमा हुने भएको छ ।

उक्त महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्याका बारे छलफल तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत छलफल गरिने छ ।

सोमबार यहाँ आयोजित पत्रकार सममेलनमा महासंघका अध्यक्ष अरुण शंकर वैद्यले सेवाग्राहीलाई सेवा र सुविधा उपलब्ध गराउँदै आएको यस्ता व्यवसायलाई कृषिउपज वस्तुको सहज बिक्री वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव लीला जोशीले केही व्यवसायीको गलत कार्यका कारण क्याटरिङ सञ्चालन गर्ने सबै उद्यमीलाई समस्या चुनौति रहेको बताउँदै उनीहरुलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने, नियमन तथा अनुगमन गर्नुपर्ने बताउनुभयो ।

 देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको सो महासंघमा करीब २०० व्यवसायी संलग्न छन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?