प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक ४ बजे

तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ।

दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने बताईएको छ । 

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?