नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् ।
मंगलबार बिहान भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभयो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’
प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताए । उनले भने, ‘पहिलापहिला सरकार नौं महिना टिक्छ कि दश महिना ?भन्ने चिन्ता हुन्थ्यो, त्यसैले सबै सरकारले राज्यको सामर्थ्य नभए पनि लोकप्रिय कार्यक्रम ल्याउँथे, अहिले हामी त्यो बाध्यतामा छैनौं । अहिले अर्थतन्त्र सुदृढ गर्ने्तिर सोचेका छौं ।’ कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको उनको भनाई छ । ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया