हिमानी कोषद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

लोकपथ
350
Shares

काठमाडौं । हिमानी कोषले देशका विभिन्न विद्यालयका छात्रछात्राहरुको लागि न्यानो कपडा वितरण गरेको छ ।

कोषले ३००औँ पृथ्वी जयन्तीको अवसर पारेर करिब साँढे पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।

कोभिडका कारणले सबै ठाउँमा आफैँ उपस्थित हुन नसकेपछि विद्यालयका प्रतिनिधिहरुलाई बोलाएर उक्त सामग्री हस्तान्तरण गरिएको हिमानी कोषले जानकारी दिएको छ ।

 

No description available.

हिमानी कोषको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच कोषकी संस्थापक सदस्य एवं कार्यसमिति सदस्य दिलसा राज्यलक्ष्मी देवी राणाले विद्यायका प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

कोषले श्री जनहित आधारभूत विद्यालय–सुनसरी, श्री दीपेन्द्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय–कालिकोट, श्री आदर्श सरस्वती मावि–तनहुँ, श्री हरि सुशिल आधारभूत विद्यालय–परासी, श्री पशुपति आधारभूत विद्यालय–रुपन्देही र सिराहमा शीतलहरबाट प्रभावित बालबालिकालाई राहतस्वरुप न्यानो कपडा वितरण गरको हो ।

 

No description available.

हिमानी कोषले यसअघि पनि विभिन्न समयमा राहत वितरणका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?