कमल थापाले राप्रपाद्वारा आयोजित पृथ्वीजयन्ती कार्यक्रम बहिस्कार गर्ने

लोकपथ
897
Shares

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वीजयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रम बहिस्कार गर्ने भएका छन् । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने भएका हुन् ।

थापानिकट नेता राजाराम बर्तौलाले आफूहरुको माग सम्बोधन नभएकाले कमल थापा कार्यक्रममा सहभागी नहुने बताए । थापाले पार्टी महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । तर,सो मागको सुनुवाइ अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छैनन् ।

थापाले राजा नमान्ने निष्कर्ष निकाल्दै हिन्दुराष्ट्रको पक्षमा पृथ्वीजयत्नीकै दिनदेखि देशव्यापी रुपमा राष्ट्रिय एकता अभियानको थालनी गर्ने योजना बनाएका थिए । कोरोनाको कारण देखाउँदै यो अभियान तत्काललाई स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?