हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

पानी छोएको निहुँमा हत्या गरिएकी मना सार्कीको हत्यारालाई कारवाहीको माग गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । 

आफ्नै खेतवारी बाट तरकारी टिपेर धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु राजिन्द्रा शाही र श्रृजना शाहीले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुंको लौरोेले टाउकोमा प्रहार गरी निर्मम ढङ्गले हत्या गरेका थिए ।

मृतक सार्कीको हत्यारालाई कारबाही माग गर्दै दाङमा विभिन्न दलित संघ संगठनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गजेन्द«बहादुर श्रेष्ठ मार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको छ ।

नेपाल उत्पिडीत जातीय मुक्ति समाज दाङका अध्यक्ष टंक सुनार, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका अध्यक्ष जगत दलामी, नेपाल दलित मोर्चा पन्चराम नेपाली, समता समाजका दुर्गा तिरुवाले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेस गर्नु भएको हो । गत जेठ १९ गते राती स्थानिय गैरदलितको कुटाईबाट वडा सदस्य सार्कीको मृत्यु भएको थियो ।

वडा सदस्य सार्कीको आक्रमण गरि हत्या गरेको घट्नाको सबै तिब्र विरोध भईरहेको छ । घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने दवाव दिईएको छ । कार्यक्रममा मुक्ति समाजका केन्द्रिय सदस्य देवराज विश्वकार्म, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, दलित अगुवा निर्मला विक लगायतले घटनाको बिरोध गर्दै गृह मन्त्री राम बहादुर थापा बादललाई भेटी ज्ञापनपत्र बुझाए लगत्तै गृहमन्त्री वादलले कालिकोट जिल्ला प्रहरी कार्यालयलाईृ निर्देशन दिएका थिए ।

निर्देशनपछि जेठ २२ गते कालीकोट जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको थियो । मना सार्की स्थानिय निर्वाचनमा कालीकोट नरहरिनाथ गाँउपालीका ९ वडाबाट सदस्य पदमा निर्वाचित भएकी थिईन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?