अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ का दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
२९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यवाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।
सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए ।
२८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया