अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा बेल्जियम र सेनेगल विजयी

काठमाडौं । विश्वकप फुटबलको अन्तिम तयारीमा रहेको बेल्जियमले कोष्टारिकाविरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । 

सोमबारराती भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले दक्षिण अमेरिकी टोली कोष्टारिकालाई ४—१ गोलअन्तरले हराउँदै विश्वकप तयारीलाई अन्तिम रुप दिएको हो ।

खेलमा अग्रता भने कोष्टारिकाले लिएको थियो । खेलको २४ औ मिनेटमा कोष्टारिकाका लागी ब्राइन रुइजले पहिलो गोल गदै टिमलाई अग्रता दिलाएका थिए । खेलमा १—० गोलले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियमका लागी ३१ औ मिनेटमा ड्रिस मार्टेन्सले गोल गरे र खेललाई १—१ को बराबरीमा ल्याए ।

४२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गदै खेललाई २—१ स्थितीमा ल्याएका थिए । दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा ६४ औं मिनेटमा मिची बटसुवाइले चौथो तथा अन्तिम गोल गरे । खेलमा २ गोल गरेका लुकाकुको अन्तराष्ट्रिय गोलसंख्या ३६ पुगेको छ ।

फिफा विश्वकपको समुह जी मा रहेको बेल्जियमले पहिलो खेल असार ४ मा पानामासँग खेल्नेछ । असार ९ मा ट्युनिसिया र १४ मा इङल्यान्डको सामना गर्नेछ । कोष्टारिका भने समूह ई मा छ । यो समूहमा ब्राजिल, स्वीटजरल्यान्ड र सर्विया छन् । 

यता सोमबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा सेनेगलले दक्षिण कोरियालाइ २—० गोलले हरायो । अष्ट्रियामा खेलाइएको खेलको ६७ औं मिनेटमा दक्षिण कोरियाका किम योङ वाङले आत्मघाती गोल गरेका थिए । इन्जुरी समयमा मौसा कोनेटले गोल गरेका थिए । समुह एफमा रहेको दक्षिण कोरियाले असार ४ मा स्विडेनविरुद्ध खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?