सुनसरी प्रेस चौतारी अध्यक्षमा पहिलो पटक महिला

लोकपथ
70
Shares

सुनसरी । प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् । उपाध्यक्षमा विकास चाम्लीङ र विमला घिमिरे चयन भएका छन् ।

सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्तावा र केदार बस्नेत चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन । २५ सदस्यीय समितिमा छ सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन्।

पत्रकारितामा लामो समय काम गरेकी प्याकुरेल यस अघि पत्रकार महासंङ्घ सुनसरीको उपाध्यक्ष भएर काम गरिसकेकी हुन् । जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन् । सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?