तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडौ । ह्वाइट फिल्ड स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता खेलाडीलाई सम्मानित गरेको छ ।

नयाँबजारको खुशिबुस्थित ह्वाइट फिल्डले आफ्नै विद्यालयमा अध्ययनरत तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मानित गरेको हो । गत ५ देखि ७ जेठसम्म भएको दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा २ स्वर्णसहित १२ पदक जित्न सफल खेलाडी र प्रशिक्षक कुमार लामा घिसिङलाई ह्वाइटफिल्ड स्कुलका भाइस प्रिन्सिपल पारस श्रेष्ठ र को–अर्डिनेटर राममणी बगालेले सम्मान गरेका हुन् ।

च्याम्पियनसिपमा पुम्सेतर्प महिलामा एनचाङ शेर्पा र पुरुषमा मोहित राजभण्डारीले स्वर्ण पदक जितेका थिए र यता रजत पदक जित्नेमा जुबिन महर्जन, प्रतिक्षा प्रजापती, श्रेया डंगोल, निकिता खत्री, जम्याङ शेर्पा, सुप्रिया तिमिल्सिना, शाहरा जोशी, सितु सिंह मास्के र आकृति श्रेष्ठ तथा श्रीखंडामान शाक्यले नेपालका लागि कांस्य पदक दिलाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?