काँग्रेस नेता अर्जुननरसिंह केसीले राज्यले पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसलाई उपेक्षा गर्नु दुःखद भएको टिप्पणी गरेका छन् ।
उनले इतिहासबारे प्रश्न उठ्न सक्ने भएपनि बदल्न नसकिने धारणा राखेका छन् ।
मंगलबार परेको पृथ्वीजयन्तीको अवसरमा उनले ट्वीटरमा लेखेका छन्, ‘इतिहासबारे प्रश्न उठ्न सक्छ तर बदल्न सकिन्न।मान्छेले आफ्नो पेसा, व्यापार वा स्थान परिवर्तन गर्ला तर बाजे परिवर्तन गर्न सक्तैन। त्यस्तै पृथ्वीको एकीकृत नेपाल निर्माणकार्य भूल्न हुँदैन।पृथ्वीजयन्ती र राष्ट्रिय एकतादिवस राज्यले उपेक्षा गर्नु दुःखद हो।’
उनले पथ्वीजयन्तीको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया