चीनमा पाकिस्तानी राष्ट्रपतिसँग मोदीले मिलाए हात

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेनसँग हात मिलएका छन् ।

चीनको क्वीनोदाओमा आयोजित सघाई सहयोग संगठनद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदा मोदीले राष्ट्रपति हुसेनसँग हात मिलाए । 

भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका बेला यो हस्तमिलानलाई सकारात्मक रूपमा लिइएको छ । 

भारतले पाकिस्तानले आतंकवादीहरूलाई आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ ।

भारतले अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानमाथि आंतकवादी गतिविधि समाप्त पार्न दबाब दिदै आएको छ ।

पाकिस्तानले भारतको आरोपलाई गलत भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?