ट्रम्प र किम भेटवार्ता

 

एजेन्सी अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता  किम जोंग उनबीच मंगलवार बिहान पहलो पटक सिंगापुरको सेन्टोसा टापूस्थित क्यापेला होटलमा भेटवार्ता भएको छ ।

दुवै  नेताहरूले करिब १२ सेकेन्डसम्म हात मिलाए । त्यसपछि यी दुई नेताबीच करिब ५० मिनेट छलफल भयो । ट्रम्पले  भने “किमसँगको भेंटवार्ता राम्रो भयो । हामी दुवैबीच राम्रो सम्बन्ध छ । हामी उत्तर कोरियाको ध्यान दिनेछौं ।”

यो शिखर वार्ताका लागि ६ महिनादेखि प्रयास भइरहेको थियो । यो क्रममा ट्रम्पले यो शिखर वार्ताको योजनालाई खरिज समेत गरेका थिए । तर किमले गरेका प्रयासपछि यो वार्ता हुन पुगेको हो । 

अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहोवर (१९५३)देखि बराक ओबामा (२०१६)सम्म ११ अमेरिकी राष्ट्रपतिहरूले उत्तर कोरियाली समस्या समाधान गर्न खोजेका थिए ।

तर दुई देशबीचका अधिकारीबीच यस्तो औपचारिक वार्तासमेत हुन सकेको थिएन् ।

ट्रम्पको हात मिलाउने शैली देखिएन

ट्रम्प र किमबीच भएको १२ सेकेन्डको हस्तमिलानलाई न्यानो हस्तमिलान नभएको विज्ञहरूको बुझाइ छ । उनीहरूका अनुसार ट्रम्पले कसैसँग हात मिलाउँदै धेरैबेर हात मिलाउने गर्छन् ।

ट्रम्प कुनै राष्ट्रप्रमुख , सरकार प्रमुख वा उच्च पदाधिकारीहरूसँग हात मिलाउँदा धेरै बरे हात मिलाउने गरेको र अर्काले हात हल्लाइरहने गरेको देखिएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेसँग १९ सेकेन्ड हात मिलाएका थिए ।

किमसँगको हस्तमिलानमा न्यानोपनको भाव अभाव रहेको र किम हात हल्लाइरहेको देखिएको विज्ञहरूको बुझाइ छ 

परमाणु निशस्त्रीकरणउद्देश्य

यो बैठकको उद्देश्य परमाणु निशस्त्रीकरण हो ।

 किमले परमाणु निशस्त्रीकरणलाई बढाए त्यो  ट्रम्पको जीत हुनेछ । अमेरिकाले उत्तर कोरियासमक्ष निशस्त्रीकरणको शर्त राखी लगाइएको  आर्थिक प्रतिबन्ध हटाउन सक्छ ।

अमेरिकाले दक्षिण कोरियामा तैनाथ गरेको २३  हजार सैनिकहरूलाई फिर्ता बोलाउन सक्ने छ ।

ट्रम्पले किमसँग मिलेर समस्याको समाधान खोज्ने बताए । किमले ट्रम्पसँगको भेट गर्ने यो अवसर पाउन सहज नभएको बताए ।

 वार्ताका लागि ट्रम्प भन्दा ७ मिनेट पहिले वार्ता स्थल पुगेका थिए ।  नेपाली समय अनुसार ६ः४५बजेटबाट सुरू भएको भेंटवार्ता दुवै नेताले हात मिलाएर छलफलमा संलग्न भएका थिए ।

 उत्तर कोरियाको टोलीमा किमका दाहिने हात मानिएका किम योंग चोल , उत्तर कोरियाका विदेशमन्त्री रि योंग हो, पूर्व विदेशमन्त्री रि सु योंग सहभागी थिए ।किम टोलीका किम यसअघि अमेरिका पुगेर राष्ट्रपति ट्रम्पसँग भेटेर यो शिखर वार्ताको खाका तय गरेका थिए ।

अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, उनका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी थिए  ।

सिंगापुरको सेन्टोसा टापूमा स्थित क्यापेला होटलमा भइरहेको यो शिखर वार्ताको सफलताका लागि दक्षिण कोरियाली सेलिब्रिटिहरूले शुभकामना व्यक्त गरेका छन् । दक्षिण कोरियाली गायक शिन सेउंग हुनले यो वार्ता सफल होस भन्ने कामना गरेका हुन् ।

यो वार्ताका बारेमा उत्तर कोरियाका विद्रोही समूहका सदस्य ग्रास जोले मानवअधिकारको विषय छलफलमा नभएकोबारे आफू दुखित भएको टिप्पणी  गरेका छन् ।

उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिलाई अंग्रेजीमा भनेका थिए –नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट”।

किमले स्विटजरल्यान्डमा विद्यालयको शिक्षा लिएका छन् । त्यसैले किम अंग्रेजी बोल्न सक्ने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?