कटुवा पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
78
Shares

बाँके । बाँकेमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका-२० मनिकापुरबाट १ थान कटुवा पेस्तोलसहित सोही उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोलसहित फेला पारी उनलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?