ट्रम्प –किम बीच शिखर वार्ता जारी

एजेन्सी:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचकोा शिखर वार्तामा दुई पक्षका प्रतिनिधि मण्डलबीच छलफल जारी छ ।

नेपाली समय अनुसार ६ः४५बजेटबाट सुरू भएको भेंटवार्ता दुवै नेताले हात मिलाएर छलफलमा संलग्न भए ।

 उत्तर कोरियाको टोलीमा किमका दाहिने हात मानिएका किम योंग चोल , उत्तर कोरियाका विदेशमन्त्री रि योंग हो, पूर्व विदेशमन्त्री रि सु योंग सहभागी छन् । किम टोलीका किम यसअघि अमेरिका पुगेर राष्ट्रपति ट्रम्पसँग भेटेर यो शिखर वार्ताको खाका तय गरेका थिए ।

अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, उनका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी छन् ।

सिंगापुरको सेन्टोसा टापूमा स्थित क्यापेला होटलमा भइरहेको यो शिखर वार्ताको सफलताका लागि दक्षिण कोरियाली सेलिब्रिटिहरूले शुभकामना व्यक्त गरेका छन् ।

दक्षिण कोरियाली गायक शिन सेउंग हुनले यो वार्ता सफल होस भन्ने कामना गरेका हुन् ।

यो वार्ताका बारेमा उत्तर कोरियाका विद्रोही समूहका सदस्य ग्रास जोले मानवअधिकारको विषय छलफलमा नभएकोबारे आफू दुखित भएको टिप्पणी  गरेका छन् ।

उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिलाई अंग्रेजीमा भनेका थिए –नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट”।

किमले स्विटजरल्यान्डमा विद्यालयको शिक्षा लिएका छन् । त्यसैले किम अंग्रेजी बोल्न सक्ने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?