४ माघ २०७८, मंगलवार

गोदावरीमा बर्डफ्लु, तीन महिनासम्म पन्छी पाल्न रोक

२०७५,जेष्ठ,२९,मंगलवार ०२:२७

0
Shares

ललितपुर–ललितपुरको गोदावरी नगरपालिकाका गोदावरी र बडिखेल क्षेत्रमा तीन महिनासम्म कुखुरालगायत पन्छी पालनमा रोक लगाइएको छ । गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्डफ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो । स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरालगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । स्थानीय प्रशासनले ती ठाउँलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।

बर्डफ्लुको जीवाणु भेटिएको गोदावरी पूर्वमा गोदावरी जाने नयाँ बाटो, पश्चिममा ललित घुम्ती सडक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा डल्फिन स्कुलको पर्खालसम्मको स्थानलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको हो । यसैगरी, बडिखेलमा पूर्वमा डेक्लेको डिल, पश्चिममा लेले जाने बाटो, उत्तरमा हाबे जाने बाटो र दक्षिणमा ब्लक फयाक्ट्रीसम्मको स्थानसम्म बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको छ ।

बर्डफ्लुको जीवाणु एच फाइभ एन वान नामक भाइरस केही दिनअघि गोदावरी र बडिखेल क्षेत्रका पशुपालकले पालेको ब्रोइलर र लोकल कुखुरामा देखिएपछि त्यहाँ बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बर्डफ्लुको संक्रमण भेटिएकाले प्रभावित ठाउँमा तीन महिनासम्म पन्छी पालनमा रोक लगाइएको बताए । उनले गोदावरी र बडिखेल क्षेत्रका थप कुखुरा फर्ममा बर्डफ्लुको संक्रमण आउने सम्भावनालाई मध्यनजर गर्दै त्यहाँ संक्रमण परिधि तोकेर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२९,मंगलवार ०२:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार