०८५ सालसम्म प्रधानन्यायाधीश ‘प्याक’

 काठमाडौं–सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ।

न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ भने एक प्रधानन्यायाधीश र एक न्यायाधीश पद रिक्त छ। १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य देखिएका छन्।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?