७ माघ २०७८, शुक्रवार

काबुलमा अात्मघाती आक्रमण, १२ को मृत्यु ३१ घाइते

२०७५,जेष्ठ,२९,मंगलवार ०२:०६

0
Shares

काबुल : अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

कार्यालयको काम सकेर रमजान मनाउन घर तर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथी बम आक्रमण भएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । 

ग्रामिण पुनर्उद्धार तथा विकास मन्त्रालयको मुल प्रवेशद्वारमै विस्फोटनको घटना भएको प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । घर जानका लागि बस कुरिरहेका कर्मचारीहरुको भिड भएको ठाँउमा आत्मघाती आक्रमणकारी घुसपैठ गरेर बम विस्फोटन गराएको ग्रामिण मन्त्रालयका प्रवक्ता फारिडुम अजहान्डले बताए । 

“मेरा सहकर्मीहरू रमजान मनाउनका लागि घर जान कार्यालयबाट विदा लिएका थिए, उनीहरूमाथि भएको आक्रमणको घटनाले मलाई निकै दुःखी बनाएको छ,” एक जना कर्मचारीले भने । स्थानीय समयअनुसार दिउसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२९,मंगलवार ०२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ । सिरियाली उक्त

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी

काठमाडौं । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै ठूलो संख्यामा चिनियाँ अधिकारीहरु कारबाहीमा

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र

ताजा समाचार