भिडभाडमा कडाइ हुन्छ, लकडाउन हुँदैन : अर्थमन्त्री शर्मा

लोकपथ
875
Shares

अर्थमन्त्री जनार्दन शर्माले देशमा अब लकडाउन नहुने बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले यो सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्।

तर शर्माले कोरोनाको तेस्रो लहर सुरू भएकाले भिडभाडमा भने कडाइ गरिने बताएका छन् । उनले भने, ‘सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन भने गरिनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?