भारतले अमेरिकालाई लुटिरहेको छ– ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई लुटिरहेको आरोप लगाएका छन् ।

विश्वका प्रमुख अर्थव्यवस्थाहरूप्रति आक्रामक रवैया अपनाउँदै ट्रम्पले यस्तो आरोप लगाए ।

उनले भने “ भारतसहित दुनियाँका केही प्रमुख अर्थव्यवस्थाहरूले अमेरिकालाई व्यापारमा लुटिरहेका छन् ।”

उनले अमेरिकी उत्पादनहरूमाथि बढी भन्दा बडी कर लगाएर लुटिरहेको बताए । यस्तो गर्नेमा भारत पनि रहेको उनले जनाए ।

उनले भने “भारतले केही अमेरिकी उत्पादनहरूमाथि १०० प्रतिशतको महशुल लगाई रकम लुटिरहेको छ ।”

क्यानाडामा आयोजित जी ७को शिखर सम्मेलनपछि ट्रम्पले अमेरिकालाई लुटिरहने देशहरूसँग सम्बन्ध समाप्त गर्ने चेतावनी दिएका थिए ।

उनले भने “अमेरिकालाई लुट्नेमा विकसित अर्थव्यवस्था मात्रै होइन भारतजस्ता देशहरू पनि छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?