न्युरो अस्पताल विराटनगरसँगको सहकार्यमा शान्तिधामको निःशुल्क स्वास्थ्य शिविर

लोकपथ
105
Shares

उदयपुर । न्युरो अस्पातल विराटनगरसँगको सहकार्यमा शान्ति धाम समिति गाईघाटले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

शान्ति धाम समितीले राष्ट्रिय युवा अभियान नेपालको विशेष पहलमा न्युरो अस्पातल विराटनगर, त्रियुगा नगरपालिका, उदयपुरको संयुक्त आयोजनामा समितिकै परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

त्रियुगा नगरपालिकाकी नगर उपप्रमुख देवीकुमारी चौधरीकले शिविरको शुभारम्भ गरेकी थिइन् । एक दिने शिविरमा तीन सय ८० महिला र दुई सय ५८ पुरुष गरी कुल ६ सय ३८ जनाले स्वास्थ्य परीक्षण गराएको शान्ति धाम समिति गाईघाटका जागेश्वर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?