प्रदेश सरकारले सहिद परिवालाई तीन लाख रुपैयाँ उपलब्ध गराउने

लोकपथ
0
Shares

सप्तरी । प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले मधेस आन्दोलनका क्रममा सहादत भएकाको परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

आउँदो ५ माघमा प्रदेश सरकारले मनाउने बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई जनही तीन लाख रुपैयाँका दरले उपलब्ध गराउने मन्त्री साहले बताएका छन् ।

प्रदेश सरकारले यसपालि राजविराजमा बलिदानी दिवस मनाउने भएको छ । यस दिवसमा मधेस आन्दोलनमा सहिद भएका ५७ जनाको परिवारलाई तीन लाख रुपैयाँका दरले प्रदान गरिने मन्त्री साहल जानकारी दिए ।

नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रममा मन्त्री साहले सहिद परिवारलाई आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले आर्थिक सहयोग गर्न लागेको बताएका हुन् ।

उनका अनुसार मधेस आन्दोलनका घाइतेलाई अवस्था हेरेर २५ हजारदेखि तीन लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?