एमाले जुम्ला अध्यक्षमा महत

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमाले जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताए ।

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन् ।

अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताए । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकतालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?