भारतका पूर्व प्रधानमन्त्री बाजपेयी आइसीयुमा

एजेन्सी : भारतका पूर्व प्रधानमन्त्री अटलबिहार वाजपेयीलाई अस्पताल भर्ना गरिएको छ ।

भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा नियमित परीक्षणका लागि भर्ती गरिएको एम्सका निर्देशक रणदीप गुलेरियाले जनाए ।

भर्ती गरिएको पाँच घन्टासम्म कोही भेंट गर्न पुगेनन् ।

सोमबार बेलुका ६ बजे राहुल गान्धी बाजपेयीलाई भेटन पुगेका थिए ।

त्यसपछि अन्य नेताहरू बाजपेयीलाई  भेटन पुग्न थालेको देखियो ।

उनलाई आइसीयूमा डायलिसिस दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?