जुम्ला । आर्थिक वर्ष २०७७–७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् ।
यस्तै, चालू आर्थिक वर्ष २०७८र७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।
राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो ।
योभन्दा धेरै बढीले काठमाडौंबाट राहदानी बनाउने गरेका छन् ।
न्यौपानेले भने, ‘यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।’
राहदानी बनाउनेको संख्या बढ्नुको एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हो ।
नागरिक समाजका अगुवा राजबहादुर महतले भने, ‘विदेश (तेस्रो मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’
गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए ।
उनले भनिन्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् । स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया