संविधानको उल्लंघन संसदमै !

काठमाडौं–कानुन बनाउने जिम्मेवारी संसदको हो । जसले बनाएको कानुनबाट देश सञ्चालन हुन्छ ।

तर यतिवेला कानुन निर्माण गरिने स्थलबाटै मुलुकको मुल कानुन संविधानको उल्लंघन भईरहेको छ ।

संविधानको धारा ९१ (२) ले भनेको छ, प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, अहिले दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कै प्रतिनिधि छन् ।

सुरुमा चुनिँदा भने सभामुख कृष्णबहादुर महरा माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाङ्फे एमालेबाट चुनिएकी थिइन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?